सेयर लगानीले आर्थिक वृद्धिदरमा सहयोग पुग्ने  : अर्थमन्त्री खतिवडा

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सेयर वजारको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके आर्थिक वृद्धिदर वढ्ने बताएका छन् ।

मंगलबारको अर्थसमितिको बैठकमा सेयर बजारको विषयमा बोल्दै अर्थमन्त्री खतिवडाले सेयर बजारको पुँजीले आर्थिक वृद्धिदरमा सहयोग पुग्ने बताएको हो ।

अर्थमन्त्री खतिवडाले, समितिले कुनै निर्णय लिनुभन्दा पहिले सेयर बजारका बिज्ञको धारणा लिएर मात्रै निर्णय लिनु पर्ने बताए ।
उनले सरकार पुँजी बजारका विषयमा संवेदनसिल भएको समेत जानकारी गराए ।

सेयर लगानी गर्दा कति समय होल्ड गर्न सकिन्छ त्यसलाई विचार गरेर मात्रै लगानी गर्न समेत उनको सुझाव छ । साथै राष्ट्रिय पुँजी निर्माण सेयर बजारलाई बनाउनु पर्ने उनको धारणा छ ।

अर्थतन्त्र सकरात्मक दिशामा गएकाले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थ समितिको बैठकमा सहभागी भएका पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले भने दुईवटा कम्युनिस्ट मिलेर चुनावमा जाने निर्णयले सेयर बजारको पतन सुरु भएको बताए ।

सरकार सेयर बजारका बारे गम्भीर नबन्दा यस्तो समस्या आएको उनको धारणा छ ।

Advertisement

Advertisement

Advertisement