बुधबार तीन सय अधिकृतको विज्ञापन आह्वान हुँदै

Advertisement

काठमाडौं । लोकसेवा आयोगले भोली बुधबार विभिन्न मन्त्रालयबाट भएको माग विवरणका आधारमा झन्डै ३०० अधिर्कतको लागि विज्ञापन गर्ने जनाएको छ ।

सबै मन्त्रालयबाट विवरण मागिएको  र सामान्य र स्वास्थ्य मन्त्रालयको माग विवरण नआइसकेको भए पनि लोक सेवाले माग विवरण आएजतिको विज्ञापन आह्वान गर्ने बताएको हो ।

ठूलो संख्या अधिकृतस्तरको विज्ञापन आह्वान गर्ने तयारी गरिरहेको आयोगले दुई सय ५० शाखा अधिकृतसहित उपसचिव, सचिव गरी ३ सय जनाको विज्ञापन आह्वान गर्न लागेको हो ।

आयोगका सूचना अधिकारी सुवेदीले कार्यतालिका अनुसार नै दरबन्दी विवरण माग भएर आएजतिको विज्ञापन खोलिने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement