पोखरा उपाधिको प्रतिश्पर्धाबाट बहिरियो, काठमाडौंलाई ५ विकेटको जित

Advertisement

काठमाडौं । लगातार चौथौं खेलमा हार व्यहोर्दै पोखरा राइनोज काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगको उपाधिको प्रतिश्पर्धाबाट बाहिरिएको छ । यससागै लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट वाहिरिने पोखरा पहिलो टोली बनेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौं किंग्स ११ ले पोखरालाई ५ विकेटले पराजित र्गया े। जितसँगै काठमाडौंले जारी प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।
यसअघिको खेलमा काठमाडौंले ललितपुरसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको थियो । काठमाडौंले खेलेका ३ खेल मध्ये २ मा जित र १ मा हार व्यहोर्दै ४ अंक जोडेको छ । पोखरा भने अंक विहिन हुँदै अंक तालिकाको पुछारमा रहेको छ ।

पोखराले दिएको १ सय ६६ रनको विजयी लक्ष्य काठमाडौंले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । काठमाडौंलाई जित दिलाउन केभिन ओव्रायनले महत्वपूर्ण इनिङ खेल े। ओव्रायनले ३५ बलमा अविजित ५४ रन बनाए। यस्तै कप्तान रोहन मुस्तफाले ४० तथा सुव्रमनियन आनन्दले २७ रन जोड े। पोखराका विक्रम शोबले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन जोडेको थिया े। पोखराका लागि रिचर्ड लेभीले ३८ तथा कप्तान केल कोट्जर र पउल कग्लिनले समान ३७र३७ रन बनाए । काठमाडौंका विक्रम भुसाल र ओव्रायनले समान २र२ विकेट लिएका थिए ।

पोखराले अब अन्तिम खेलमा शनिबार चितवन टाइगर्ससँग दिउँसो १ बजे खेल्नेछ भने त्यसअघि ९ बजे हुने खेलमा भैरहवा र काठमाडौंबीच खेल हुनेछ । ललितपुर र भैरहवा अर्काे चरण प्रवेश गरिसकेका टोलि हुन् ।

Advertisement

Advertisement

Advertisement