नेपालबाट गायव पारिएको तस्करीको ३३ किलो सुनसहित दुई व्यापारी भारतमा पक्राउ

Advertisement

काठमाडौ । त्रिभुवन विमानस्थल हुँदै अवैधरुपमा भित्र्याएर गायब बनाइएको ३३ किलो सुन भारतमा बरामद भएको छ । भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभागको असुन्धान टोलील डिसेम्बर ७ का दिन कोलकात्ता–दिल्ली राजमार्गबाट बरामद गरेको हो ।

२०७४ माघ अन्तिम साता दुबई हुँदै भित्रिएको यो सुन गायब पारिएपछि सुन तस्करीमा संलग्न चुडामणि उप्रेतीले यातना दिँदा एकजना भरिया मोरङको उर्लाबारी निवासी सनम शाक्यको ज्यान समेत गएको थियो ।

दुबई हुँदै तस्करी गरेर त्रिभुवन विमानस्थलबाट भित्र्याएर गायब बनाइएको ३३ किलो सुन भारतको कोलकातामा बरामद भएको छ’, सुन तस्करीको छानबिन गर्न गठित समितिका संयोजक तथा गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलले जानकारी दिएका छन् ।

नेपालबाट हराएकै परिणामको सुनसहित दुईजना नेपाली पनि पक्राउ परेको खबर त्यहाँका राजस्व अनुसन्धान विभागले कोलकात्तास्थित नेपाली महावाणिज्यदूतावासलाई जानकारी गराएको पौडेलले बताए ।

पौडेलका अनुसार बरामद सुन र पक्राउ परेका दुवै नेपालीबारे त्यहाँको अनुसन्धान विभागले कोलकात्तातास्थित नेपाली महावाणिज्यूत एकनारायण अर्याललाई जानकारी गराएको र अर्यालले सो कुरा गृहमन्त्रालयमा जानकारी गराइसकेका छन् ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार कोलकातामा बरामद भएको त्यो सुन नेपालबाट गायब गरिएकै सुन हा भन्ने देखिएकोले अब बरामद सुन र पक्राउ परेका दुवैजनालाई नेपाल झिकाउने पहल भइरहेको पनि उनले जानकरी गराए ।

Advertisement

Advertisement

Advertisement