काम छोडेर भाग्न लागेको बेलामा मेलम्चीका ठेकेदारको राहदानी सरकारले जफत गर्यो

Advertisement

काठमाडौ । आयोजनाको काम छाडेर हिंडेको भन्दै सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनीका सञ्चालक (ठेकेदार)को राहदानी नियन्त्रणमा लिएको छ ।

आयोजना निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)का प्रमूख क्रिस्टियानो क्रुजोसहित आठ जनाको राहदानी सरकारले नियन्त्रणमा लिएको हो ।

पटक पटक म्याद र लागत वृद्धि गर्दै आएको सो कम्पनीलाई काम चाँडै सक्न दबाब दिइरहेको बेला उनीहरु क्रिस्मसको बहानामा बिना मनाउन जाने र नफर्किने योजना बनाएको चाल पाएपछि राहदानी जफत गरिएको हो ।

सोही क्रममा उनीहरुले दुई दिनदेखि आयोजनाको काम छाडेर बसेका थिए । स्वदेश फर्किने क्रममा रहेका कम्पनीका सञ्चालक एवं व्यवस्थापकहरुको राहदानी जफत गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। सरकारले अन्तिम पटक भन्दै कामसक्न दिएको अन्तिम समयसीमा अब ४६ दिन मात्रै बाँकी छ ।

Advertisement

Advertisement

Advertisement