अब सुर्खेतबाटै सवारी चालक अनुमतिपत्रको नवीकरण गर्न सकिने

Advertisement

वीरेन्द्रनगर  । यातायात व्यवस्था कार्यालय सुर्खेतले पहिलोपटक सवारी चालक अनुमतिपत्रको नवीकरण सेवा शुरु भएको छ । आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गरे  ।

मन्त्री ज्वालाले प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा डम्मर खड्काको अनुमतिपत्र नवीकरण गरेर सेवा उद्घाटन गरेका हुन्  । नवीकरण सेवा उद्घाटनपछि आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा दिनका लागि व्यवस्थापन गर्न प्रदेश सरकार लागेको बताए । उनले सेवालाई निरन्तर र जनमुखी बनाउने प्रतिबद्धतासमेत जनाए ।

हालसम्म राजश्व सङ्कलनको मात्र काम गर्दै आएको यातायात कार्यालयले अबदेखि सवारी साधन दर्ता, चालक अनुमतिपत्र वितरण, नवीकरण, परीक्षा सञ्चालन समेत गर्नेछ । नवीकरण सेवा शुरु भए पनि अन्य कामका लागि भने केही समय लाग्ने कार्यालयका निमित्त प्रमुख घनश्याम बोगटीले जानकारी दिए  ।

उनका अनुसार कार्यालयमा जनशक्ति पूर्ति, विद्युतीय तथा सञ्चार प्रणालीको आवश्यक व्यवस्थापनपछि कार्यालयबाट सबै सेवा प्रदान गरिने छ । कार्यालयमा २९ जना कर्मचारीको दरबन्दी भए पनि पूरा जनशक्ति नभएको उनले बताए  ।

Advertisement

Advertisement

Advertisement