मुक्तिनाथ बैंकका ग्राहकलाई नेपाल क्यान्सर अस्पतालमा १० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पताल बीच बैंकका ग्राहकहरुलाई अस्पतालले छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

दुई संस्थाबीच भएको सम्झौतामा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


उक्त  सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्ड वाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था रहेको छ ।


Advertisement

Advertisement

Advertisement