कर्णालीले पर्यटन विकासका लागि एक अर्ब २३ करोड बजेट छुट्टायो

Advertisement

काठमाडौँ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रमा मात्र ४६ प्रतिशत बजेट रहेको बताएका छन् ।  नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को पाँचौँ स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशको पर्यटन विकास र योजना कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा पर्यटनमन्त्री बुढाले पर्यटन क्षेत्रमा बजेट कमी नभए पनि जनशक्ति अभावले कार्यान्वयनमा चुनौती देखिएको बताए ।

मन्त्री बुढाले भने, "सङ्घ र प्रदेश सरकारले कुल रु. एक अर्ब २३ करोड बजेट पर्यटन क्षेत्रमा विनियोजन गरेको छ ।" गत भदौदेखि मङ्सिरसम्म रारा हेर्ने पर्यटक २० हजार पुगेका छन् । उनले भने, "कर्णालीका १० जिल्लाका प्राकृतिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीयस्थल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सङ्कलन गर्न  बाँकी नै छ ।” रारा र से–फोक्सुण्डो वरिपरि पदमार्ग निर्माण गर्ने भन्दै उनले प्रत्येक जिल्लामा एक-एक पर्यटकीय गन्तव्य निर्धारण गर्नुका साथै शैक्षिक पर्यटनलाई समेत प्राथमिकता दिने जानकारी दिए ।

त्यस्तै मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले समृद्धि पर्यटनले निर्धारण गर्ने कुरामा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माले योजना र लक्ष्यअनुसारको प्रगति हासिल गर्न कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन् ।

Advertisement

Advertisement

Advertisement