पेट्रोलियम पदार्थको मूल्य घट्यो

Advertisement

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई रुपियाँ घटाएको छ ।

समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम रहेको थियो । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ ।

Advertisement

Advertisement

Advertisement