नेपाली बजारमा भित्रिए चिनियाँ ब्राण्ड ‘अनर’का स्मार्टफोनहरु

Advertisement

काठमाडौं। चिनियाँ ब्राण्ड ‘अनर’ले नेपालमा आफ्ना स्मार्टफोनहरुको बिक्री सुरु गरेको छ । क्रातोस टेक्नोलोजी प्रालिले आधिकारिक वितरकको रुपमा अनर ब्राण्डका स्मार्टफोनहरुलाई नेपाली बजारमा प्रवेश गराएको हो ।

कम्पनीले नेपाली बजारमा अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले नामका ४ मोडलहरु भित्र्याएको छ। यी सबै मोडलहरु नयाँ वर्षसँगैं उपभोक्ताहरु समक्ष उपलब्ध हुन थालेको क्रातोस टेक्नोलोजीले जानकारी गराएको छ ।

अनरले यसको मूल्य, डिजाइन र कार्य दक्षताबीचको सन्तुलनका साथ नयाँ अध्याय कायम गरिरहेको जनाएको छ।

Advertisement

Advertisement

Advertisement