बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले १ अर्ब ४८ करोड निक्षेप दिने

Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई १ अर्ब ४८ करोड ३५ लाख रुपियाँ निक्षेप दिने भएको छ। राष्ट्र बैंकले मुद्दती खातामा उक्त निक्षेप प्रदान गर्नका लागि पुस २२ गतेभित्र प्रस्ताब हाल्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई एक अर्ब १८ करोड ६८ लाख रुपैयाँ निक्षेप दिने छ। विकास बैंकहरुलाई २२ करोड २५ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुलाई ७ करोड ४२ लाख रुपैयाँ निक्षेप दिने राष्ट्र बैंकको प्रस्ताव छ।

राष्ट्र बैंकको पैसामा कति ब्याज दिने भनेर बैंक तथा वित्तीय संस्थाहरुले प्रस्ताव गर्नु पर्ने छ। राष्ट्र बैंकले ३६४ दिनका लागि निक्षेप दिन लागेको हो।

राष्ट्र बैंकको पैसा लिनका लागि सञ्चालनमा आएको २ बर्ष पुरा भएका, खराव कर्जा ५ प्रतिशत तल भएका, तोकिएको पूँजी कोष अनुपात पुरा गरेका लगायत शर्तहरु पुरा भएका बैंक तथा वित्तिय संस्थाहरुले मात्र प्रस्ताव हाल्न पाउने छन्।

Advertisement

Advertisement

Advertisement