सान्जेनले ९१ लाख कित्ता आइपीओ जारी गर्दै

Advertisement

काठमाडौं। सान्जेन जलविद्युत कम्पनीले  ९१ लाख २५ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ।  कम्पनीले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि समेत उक्त आइपीओ ल्याउने भएको हो  ।


कम्पनीले सर्वसाधारणका लागि ५४ लाख ७५ हजार कित्ता र आयोजना प्रभावित रसुवा जिल्लका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता आइपीओ खुला गर्ने तयारी गरेको हो ।


आइपीओ बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र एनएमबि क्यापिटलले गर्ने कम्पनीले  जनाएको छ । प्रमुख निष्कासन तथा बिक्री प्रबन्धकको काम भने नागरिक लगानी कोषले गर्नेछ ।

Advertisement

Advertisement

Advertisement