साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक

Advertisement

काठमाडौं । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक भएको सरोकारवालाहरुले जोड दिएका छन् ।

साना उद्योगहरुलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापारघाटा न्यूनीकरण गर्न सकिने उनीहरुको भनाई थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआई) र एनएमबी बैंकको सहकार्यमा राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँच अभिबृद्घिका लागि वित्तीय साक्षरता’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको आर्थिक पाटोलाई समृद्घ बनाउन मुख्य भूमिका निर्वाह गर्ने साना उद्योगको क्षमता नै सहज बैंकिङ पहुँचसँग जोडिएको बताए । उद्यमीलाई कसरी प्रोत्साहन गर्ने र बैंकसँग कसरी सहज पहुँच बनाउने भन्ने कुराको समाधानका लागि कार्यक्रम आयोजना गरिएका उनले बताए ।

एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेले बैंकले बैंकले लघु, घरेलु तथा साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको बताउँदै व्यवसायी र व्यवसाय अनुशासित भएमा बैंकबाट लगानीको समस्या नहुने बताए ।

कार्यक्रममा लघु, साना तथा मझौला उद्यमहरुलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रमबाट सहभागी उद्योगीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने आयोजक पक्षको विश्वास रहेको छ ।

Advertisement

Advertisement

Advertisement