‘अब च्यानल होइन, टिभी बदल्नुहोस्’ भन्दै एलजीको एक्सचेन्ज अफर सुरु

Advertisement

काठमाडौं । ‘अब च्यानल होइन, टिभी बदल्नुहोस्’ भन्दै इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफ्नो एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत कुनै पनि ब्राण्डका पूराना टिभीलाई एलजीको टेलिभिजनसँग साट्न सकिनेछ । एक्सचेन्जमार्फत पूरानो टिभीको उचित मूल्याङ्कनका साथै ४१ हजार रुपियाँसम्मको नगद छुट पनि पाईने नेपालको लागि एलजीको आधिकारिक बिक्रैता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

यस योजनाबाट ग्राहकहरुले नयाँ एलजीका टिभी, आर्कषक छुट र मूल्यका साथै पूरानो टिभीबाट आउने समस्याबाट पनि छुटकाराको फाईदा पाउने कम्पनीको भनाई छ । यो योजना सीमित अवधिका लागि मात्रै लागू हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement