५० लाख पारिश्रमिक लिएर अनमोल नयाँ फिल्म खेल्दै

Advertisement

काठमाडौँ । अहिले नेपाली चलचित्र क्षेत्रका सर्बाधिक महंगा र डिमाण्डेड नायक अनमोल केसी हुन् । उनले ५० लाख पारिश्रमिक लिएर काम गर्ने भनिएको चलचित्र ‘ब्याचलर बन्टी’निर्माण हुने भएको छ । केहिसमय अघि चलचित्र बन्ने नबन्ने अन्योल भइरहँदा यसै चलचित्रका निर्देशक मिलन चाम्सले पक्का भएको बताएका हुन् । हालै एक कार्यक्रममा निर्देशक मिलन चाम्सले आफ्नो र अनमोलको समय मिलाएर चलचित्र गर्ने बताएका छन् ।

बुधबार निर्देशक चाम्स, निर्माता सुदीप खड्का र अभिनेता अनमोलबीच भएको छलफलबाट चलचित्रको छायांकन बैशाखबाट सुरु गर्ने सहमति भएको छ । अर्थात् अनमोलले आफू अभिनीत दुई चलचित्र ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३'  प्रदर्शन भएपछि उक्त चलचित्र गर्ने बताएका छन् ।  यसअघि ‘ब्याचलर बन्टी’ आउँदो फागुनमै प्रदर्शन हुने भनिएको थियो तर बिभिन्न कारणले छायांकन रोकिएको निर्देशक चाम्सले बताए । अब भने आउँदो वर्षको भदौ १३ गतेबाट यो चलचित्र प्रदर्शन हुने बताइएको छ ।  यो चलचित्रमा पनि नायक अनमोल नवनायिकासँग अभिनय गर्नेछन् । उक्त फिल्ममा पहिले नै उकुसा गिरी नायिकामा फाइनल भइसकेकी छिन् । अहिले अनमोल ‘ए मेरो हजुर ३' को अन्तिम छायाँकनमा व्यस्त छन् ।

Advertisement

Advertisement

Advertisement