झापाको फाल्गुनन्दचोकमा एनआईसी एशियाको नयाँ शाखा विस्तार

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले झापाको फाल्गुनन्दचोकमा नयाँ शाखा विस्तार गरेको छ ।  बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उक्त उद्घाटन गरेका हुन् ।

उदघाटन समारोहमा अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिवृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुराउने जानकारी दिएका छन् ।

मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement