प्रभावित क्षेत्रका वासिन्दाका लागि पाँचथर पावरको आइपीओ, सर्वसाधारणका लागि कहिले ?

Advertisement

काठमाडौं। पाँचथर पावर कम्पनीले प्राभावित क्षेत्रका वासिन्दाको लागि यही पुस ३० गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि ९ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने भएको हो।

कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगवाट क्षमताको आयोजना निर्माण गरेको छ। कुल लागत दुई अर्ब ६१ करोड रुपियाँ रहेको उक्त आयोजनाको प्रतिमेगावट लागत १७ करोड ५४ लाख रुपियाँ रहेको छ ।

केयर रेटिङ नेपालले गरेको क्रेडिट रेटिङ अनुसार कम्पनीले ‘केयर एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ। आयोजनाको निर्माण कार्य सकिएर २०७३ माघदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ।
आयोजनाको निमार्ण कार्य सकिएर उत्पादन थालेकोले कम्पनीको क्रेडिट रेटिङ अन्य कम्पनीको भन्दा राम्रो आएको हो। यसपछि कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने जनाएको छ।

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीको दीर्घकालिन ऋण एक अर्ब ७१ करोड रुपैयाँ रहेको छ। त्यस्तै गत वर्ष ४ करोड ५१ लाख रुपैयाँ नोक्सानमा थियो। कम्पनीले आर्थिक वर्ष २०७७।७८ देखि नाफामा जाने प्रक्षेपण गरेको छ।

प्रभावित क्षेत्रका बासिन्दाले पाँचथर जिल्लामा रहेका कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र कम्पनीको आयोजना स्थलबाट आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ।

Advertisement

Advertisement

Advertisement