कर विवादपछि एनसेलका ग्राहक थपिने दरमा निकै कमी, नेपाल टेलिकमको सन्तोषजनक: एनटीए

Advertisement

काठमाडौं । सरकारको समेत स्वामित्व रहेको नेपाल टेलिकमको भन्दा २५ लाख कम सिम बिक्री गरेको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको नयाँ ग्राहक पनि थपिन छोडेका छन् ।

अघिल्ला बर्षहरुमा निकै उत्साहजनक ढंगले सीम कार्डहरु बिक्री गरेको एनसेलको यस बर्ष ग्राहक वृद्धि करिव शुन्य जस्तै छ भने नेपाल टेलिकमको ग्राहक संख्या एनसेलको भन्दा २५ लाख बढि हुँदा पनि उसको सीम मासिक सरदर दुई लाखको संख्यामा बिक्री भइरहेको छ ।

नेपालमा टेलिफोन प्रयोगकर्ता सिमकार्ड बिक्रीका हिसावले चार करोडभन्दा बढि भए पनि अझै आधा संख्या डुप्लिकेशन छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले उपलब्ध गराएको गएको कात्तिकसम्मको विवरणअनुसार दूरसञ्चार कम्पनीहरुको कुल ग्राहक संख्या दुई करोड आठ लाख ९५ हजार १०७ रहेको छ । जसमा नेपाल टेलिकमको संख्या एक करोड ८७ लाख छ भने एनसेलको एक करोड ६३ लाख रहेका छन् ।

सेयर स्वामित्व बिक्रीपछि त्यसवापत नेपाल सरकारलाई तिर्नुपर्ने अर्बौं रुपियाँ नतिरेर बिबादमा परेको एनसेलको विवादपछि बिक्रीमा कमी आएको हो । प्राधिकरणले पनि कर विवादमा परेपछि त्यसको प्रभाव उपभोक्ताहरुमा परेर बिक्री कम भएको हुनसक्ने बताएको छ ।

एउटै व्यक्तिले दुई वटा कम्पनीको मात्रै नभएर एउटै कम्पनीका दुई वटासम्म सिम प्रयोग गर्ने र विदेश गएकाहरुको नाममा रहेका तर सञ्चालनमा नरहेकाहरुको सिमसमेतले गर्दा संख्या ठूलो धेरै देखिएको छ । नेपालको कुल जनसंख्याको झण्डै एक तिहाई मुलुक बाहिर रहेको अनुमान छ ।

कुल जनसंख्याको ९८ प्रतिशतले मोवाइल प्रयोग गर्ने गरेकोमा नेपाल टेलिकमको बजार हिस्सा ५२ प्रतिशत छ भने एनसेलको ४१ प्रतिशत छ । बाँकी अन्य कम्पनीको छ ।

त्यस्तै नेपालभर इन्टरनेट प्रयोग गर्नेको संख्या एक करोड ६३ लाख ५८ हजार पुगेको छ । यसमा नेपाल टेलिकमको भन्दा एनसेलका ग्राहक धेरै देखिन्छन् । इन्टरनेट सेवा प्रदायकमा मोवाइलको हिस्साा ७८ प्रतिशत रहेको छ ।

ntc-ncell

Advertisement

Advertisement

Advertisement