अब अनलाइनबाटै सिद्धार्थ बैंकमा खाता खोल्न सकिने

Advertisement

काठमाडौं। सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा सुचारु गरेको छ ।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउनका लागी बैंकले यस्तो सुविधा ल्याएको हो।  यस सुविधाबाट नेपाली तथा गैर आवासीय नेपाली नागरिकले देश र विदेशका कुनै पनि स्थानबाट सिद्धार्थ बैंकको वेबसाइटमा गई सहज र सरल तरिकाले बैंक खाता खोल्न सक्नेछन् ।

यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो कम्प्युटर, मोबाइल वा ट्याबलेटको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।

Advertisement

Advertisement

Advertisement