उत्कृष्ट नेपाली उद्यमी अवार्ड पुस २७ गते हुने

Advertisement

काठमाडौं । सार्क चेम्बर महिला उद्यमी परिषद् (एससीडब्लुसी) नेपालले यहि पुस २७ गते राजधानीमा उत्कृष्ट नेपाली उद्यमी अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ ।

परिषदकी उपाअध्यक्ष रिता भण्डारीका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त कार्यक्रममा प्रतिस्पर्धि महिला उद्यमीहरु मध्ये एक जना विजेताले सर्वोकृष्ट नेपाली उद्यमीको उपाधी पाउने आयोजकले जनाए ।

बिजेताले २०७५ फागुन आठ गते श्रीलंकाको कोलोम्बोमा आयोजना हुने उत्कृष्ट सार्क महिला उद्यमी पुरस्कार २०१८ कार्यक्रममा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् ।

सार्क उत्कृष्ट महिला उद्यमी पुरस्कार २०१८ आयोजनाको मुख्य उद्देश्यसार्क क्षेत्रका यस्ता महिलारुलाई सम्मान गर्नु हो । सार्क चेम्बर महिला उद्यमी परिषद सार्क चेम्बर अफ कमर्स एवं इन्डस्ट्रिको एउटा गतिशिल र सक्रिय परिषद हो ।

Advertisement

Advertisement

Advertisement