‘फेजआउट’ भइसकेका टाटा स्ट्रोमहरु प्रदेश ५ लाई बेचिएको खुलासा, लेखा समितिले मगायो कागजाज

Advertisement

काठमाडौं । नेपालमा सबैभन्दा धेरै गाडिहरु बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ प्रालिले प्रदेश ५ लाई फेजआउन भइसकेका समस्याग्रस्त गाडिहरु बिक्री गरेको तथ्य फेला परेको छ । भारतीय ‘टाटा’ ब्राण्डका गाडिहरु बिक्री गर्दै आएको सिप्रदीले प्रदेश ५ लाई बेचेको स्ट्रोम कारहरुमा समस्या देखिएको हो ।

प्रदेश सरकारका विभिन्न मन्त्रालय एवं निकायका प्रमुखहरु चढ्न किनिएका टाटा स्ट्रोमहरुमा गम्भीर समस्या देखिएसँगै यो समस्या प्रदेश संसदको लेखा समितिसम्म पुगेको छ । टाटा स्ट्रोमका सबै गाडिहरुमा समस्या देखिएपछि लेखा समितिले ती गाडिहरु खरिदका काजजाज समेत प्रदेश सरकारसँग माग गरेको छ ।

गाडि आयात गर्ने सिप्रदीसँग मिलेमतो गरी फेजआउन भइसकेका गाडिहरु प्रदेश सरकारका लागि किन्ने र बिक्री गराउने ठूलो खेल भएको साँसदहरुले औंल्याएपछि समितिले यसको कागजाज मगाएको हो । टाटा स्ट्रोम नेपालको सडकका लागि नै अनुपयुक्त रहेको तथ्यसमेत चालकहरुको अनुभवका आधारमा देखिएको छ ।

पहाडका कच्ची र उकालो बाटोका लागि भनेर बिक्री गरिएका यी गाडिहरु तिनै सडकहरुमा गुडन नसकेपछि लेखा समितिसम्म यो विषय पुगेको हो । गाडीहरुले उकालो बाटोमा तान्दै नतानेर हैरानी भएको चालकहरुले गुनासो गरेका छन् ।

टाटा स्ट्रोमले सामान्य उकालो बाटो पनि नतानेर आफूहरु हैरान भएको स्वयम मन्त्री, सचिव तथा प्रदेश सभाका समितिका सभापतिका चालकहरुले गुनासो गरे । प्रदेश संसदको सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीको गाडीले नतानेपछि चालकले सभापतिसँग गुनासो गर्ने गरेको चौधरीका स्वकीय सचिव हिमबहादुर डाँगीले बताए । उकालो नतान्ने भएपछि पहाडी क्षेत्रमा यो गाडी लैजान कठिन भएको उनको भनाई छ ।

डाँगीले भने, ‘उकालो लागेपछि गाडीले तान्दैन । कहाँ गएर फसिन्छ भन्ने डरैडरमा हिँड्नुपर्छ । चढेको दुई महिना नपुग्दै सकर भाँचिएको छ ।’ टाटाको फेजआउन भइसकेको गाडि भएकोले होला, यसको पाटपुर्जासमेत बजारमा पाइंदैन् । उनीहरुको आफ्नै शोरुमहरुमा गएर कुरा गर्दा पनि पाटपुर्जा आउन छाडिसकेको भन्छन् ।’ पाटपुर्जा नपाएपछि सभापति चौधरी चढ्ने गाडीको सकर परिवर्तन गर्न नसकिएको उनले बताए ।

टाटाका अरु गाडिहरुमा पनि यस खालको समस्या देखिएपछि पछिल्लो समयमा उसका गाडिहरुको बिक्रीमा निकै कमी आएको छ । कम्पनीका एक कर्मचारी सावन्तजंग सिजापतिले भने– टाटाका गाडिहरुको बिक्रीमा निकै कमी आएको छ । सोही कारणले गर्दा हामीले विगतमा जस्तो प्रवद्र्धन अगाडि बढाउन सकेका छैनौं ।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने टाटा स्ट्रोम गुणस्तरहिन रहेको आरोपलाई अस्वीकार गरे । उनले यो मोडल टाटाको फेजआउन भएको मोडल होइन भन्दै उनले आफूले समेत यही गाडि चढ्ने गरेको जिकिर गरे ।

श्रेष्ठले भने– यो सोफेस्टिकेटेड गाडि हो । समस्या छैन् । म आफै टाटा स्ट्रोम चढेर मुक्तिनाथ पुगेको छु । उनले स्टकमा रहेका टाटा स्ट्रोमका पूराना गाडिहरु प्रदेश ५ लाई बिक्री गरेको कुरा सत्य नभएको जिकिर गरे ।

प्रदेश लेखा समितिको बैठकमा सदस्यहरुले भने टाटाले नै खासै बिक्री नभएर उत्पादन गर्न छोडिसकेको टाटा स्ट्रोम मोडलका गाडिहरु सिप्रदीले प्रदेश ५ लाई भित्राउने काम गरेको भन्दै यसको छानविन र दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

सिप्रदीले आर्थिक प्रलोभन र गलत सुचना दिएर गाडि बिक्री गराउने र त्यसको जिम्मेवारी लिन नखोज्ने कम्पनीहरुलाई समेत कारवाही हुनुपर्ने उनीहरुको माग छ । आफ्नो गाडि बिक्री गराउन कर्मचारीलाई प्रभाव पारेर स्पेसिफिकेशन बनाउन लगाउने, टेण्डर हात पार्न जस्तो सुकै विधि पनि अपनाउने प्रविधि गाडिका डिलरहरुको रहेको भन्दै साँसदहरुले नेपालका सडकहरुलाई अनुपयुक्त टाटाका गाडिहरु फिर्ता गरेर क्षतिपूर्ति भराउनुपर्ने माग गरेका छन् ।

साथै, प्रदेश नं ५ को सरकार र प्रदेश संसद सचिवालयले एकै समयमा किनेका एकै मोडेलका गाडीहरुको मूल्य पनि फरक फरक रहेको पाइएको छ । गाडि बेच्ने दलाललाई भेट्ने र उनीहरुको भनाई र प्रालोभन अनुसार स्पेसिफिकेशन बनाएर अमुक ब्राण्ड र अमुक कम्पनीको गाडि किन्ने, जति पनि मूल्य राख्ने जस्ता प्रवृत्तिले भ्रष्टाचार मौलाउनुका साथै गुणस्तरहिन गाडिहरु आयात हुने क्रम बढेको गएको छ ।

प्रदेश ५ को सरकार र प्रदेश संसद सचिवालयले किनेर एउटै गाडिहरुमा एक लाख चार हजार रुपियाँ फरक छ । प्रदेश सरकारले किनेको टाटा स्ट्रोमको गाडीको मूल्य प्रदेश सभाले किनेको मूल्य भन्दा महँगो भएपछि अनियमितताको पनि आशंका गरिएको हो ।

Advertisement

Advertisement

Advertisement