आयल निगमले आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य घटायो, हवाइ भाडा पनि घट्ने

Advertisement

काठमाडौं। नेपाल आयल निगमले आन्तरिक हवाइ सेवातर्फको हवाइ इन्धनको भाउ घटाएको छ। निगमले आन्तरिक हवाइ सेवातर्फको इन्धनका भाउ प्रतिलिटर १० रुपियाँले घटाएको जनाएको छ।

यसअघि प्रतिलिटर हवाइ इन्धनको भाउ १०४ रुपियाँ ५० पैसा रहेकोमा अब घटेर ९४ रुपियाँ ५० पैसामा आएको छ।

निगमले गत साता पेट्रोल र डिजलको भाउ पनि प्रतिलिटर दुई रुपियाँका दरले घटाएको थियो। अन्य इन्धनको भाउ घटाए पनि खाना पकाउने ग्यासको मूल्य भने घटाइसकेको छैन।

लिटरमा १० रुपैयाँ इन्धनको भाउ घटेपछि वायु सेवा कम्पनीहरुले आन्तरिक उडानको टिकट मूल्य अन्तर्गत पर्ने फ्युल सर चार्ज पनि घटाउनुपर्ने हुन्छ । नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स एसोसिएसन नेपालबीच शुक्रबार छलफल गरेर हवाइ टिकट मूल्य घटाउने निर्णय हुने एसोसिएसनका अध्यक्ष पवित्रकुमार कार्कीले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement