एनआरएनए विज्ञ सम्मेलनको निष्कर्ष प्रधानामन्त्रीलाई बुझाईयो

Advertisement

काठमाडौं । गैर आवासीय नेपाली संघले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहिबार प्रधानमन्त्री सँग शिष्टाचार भेट गरी संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष सो सुझाव पेश गरेको हो । कार्यक्रममा प्रधानमन्त्रीले गैर आवासीय नेपाली संघले पछिल्लो समय गरेको गतिविधि र विशेषत ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसायोग्य भएको बताए ।

सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा गैरआवासीय नेपाली संघले आर्थिक लगानी संगसंगै ज्ञान, सीप र प्रविधिको लगानी भित्र्याउन पहल गर्नुलाई सरकारले सकारात्मक रुपमा लिएको उनको भनाई थियो ।नेपालमा नलेज बैंक स्थापना गर्ने सरकारको लक्ष्य रहेको भन्दै उनले अरु सम्पत्ति अस्थायी प्रकृतिको हुने तर ज्ञान सीप स्थायी प्रकृतिको हुने भएकाले ज्ञानको स्थानान्तरणमा सरकारले संघसँग सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघको पछिल्ला गतीविधीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले विज्ञ सम्मेलनको सारांश पेश गर्दैै संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धि गर्ने जमर्कोका साथ विज्ञ सम्मेलन गरेको जानकारी गराए ।

साथै उहाँले भिजिट नेपाल २०२०, विद्यार्थी भर्ना अभियान लगायत सरकारले लिएका कार्यक्रमहरु सफल पार्न संघ लागि पर्ने विश्वास दिलाए । संघद्वारा गत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए । १९ वटा सत्रमा सम्पन्न सम्मेलनमा २१ मुलुकका ५ सय भन्दा बढी प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय, कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, विज्ञ सम्मेलन समितिका सदस्य हरि दाहाल, सल्लाकार डा. हेमराज शर्मा, आइसीसी सदस्य रामशरण सिम्खडा, अनरेरी काउन्सिल सदस्य गोविन्द सुवेदी सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement