शिवश्री हाइड्रोपावरको प्रभावित क्षेत्रका बासिन्दाका लागि 'आइपीओ' आजदेखि खुल्ला

Advertisement

काठमाडौं। शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई आज शुक्रबारदेखि सेयर जारी गरेको छ। कम्पनीले स्थानीय बासिन्दाका लागि १४ लाख ७६ हजार ४०० कित्ता प्राथमिक सेयर (आइपीओ) निष्काशन गरेको हो।

कम्पनीले माघ ११ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका प्रभावित बासिन्दाका लागि सेयर आवेदन खुला गरेको हो ।

प्रभावित क्षेत्रका बासिन्दाले सिन्धुपाल्चोक जिल्लामा रहेका बैंकहरु सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र शिव श्री हाइड्रोपावरको कार्यालय भोटेकोशी र अनामनगरका साथै सिद्धार्थ क्यापिटल नक्सालबाट पनि पाइनेछ।

कम्पनीले प्रभावित क्षेत्रका लागि सेयर निष्काशन गरेलगत्तै सर्वसाधारणका लागि २२ लाख १४ हजार कित्ता ६०० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने जनाएको छ ।

आइपिओ निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार कम्पनीले ‘इक्रा एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ। इक्रा नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय विवरण औषत किसिमको रहेको हुँदा औषत जोखिमको संकेत गर्दछ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु ए जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएकोले अन्तिम चरणको निर्माण कार्य भैरहेको कम्पनीले जनाएको छ।

आयोजना निर्माणको लागि सुरुवातमा तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा भुकम्प र जुरेपहिरोको कारणले आयोजना निर्माण कार्य ढिला हुँदा ४ अर्ब तीन करोड रुपैयाँ पुगेको छ।

Advertisement

Advertisement

Advertisement