दक्षिण एसियाले विश्व अर्थतन्त्रको नेतृत्व गर्नसक्ने

Advertisement

काठमाडौं । भारतीय उद्योग परिसंघले शनिबारदेखि भारतको मुम्बईमा आयोजना गरेको सीआईआई साझेदारी सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघको टोलीले भाग लिएको छ । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष किशोरकुमार श्रेष्ठ, कार्यकारी निर्देशक गोपाल तिवारी सहभागी छन् ।

सम्मेलनको एक सत्रलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष ढकालले प्राकृतिक स्रोतले धनी दक्षिण एशियामा रहेको अपार सम्भाव्यतालाई यस क्षेत्रका जनताको जीवनस्तर सुधार गर्न प्रयोग गर्नुपर्ने बताए । सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका उनले यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गराएर लैजान सकियो भने अबको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी गरे ।

भारतका उपराष्ट्रपतिले उदघाटन गरेको यस सम्मेलनमा द्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भारतीय सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु, महाराष्ट्रका मुख्य मन्त्री, सार्क राष्ट्रका मन्त्रीहरुको सहभागी छन् ।

विशेषगरी दक्षिण एशिया आर्थिक विकासका लागि प्रचुर सम्भाव्यता रहेको क्षेत्र भएकाले क्षेत्रीय सहयोग, सहकार्य र साझेदारीमार्फत आर्थिक समृद्धिमा कार्य गर्न सरकारहरू पछि पर्न नहुने ढकालको भनाई छ । सम्मेलनले यस क्षेत्रको आर्थिक समृद्धिका लागि ऐतिहासिक दिशा निर्देश गर्ने पनि उनले बताए ।

सार्क क्षेत्रका मन्त्रीहरू, सरकारी प्रतिनिधि, उद्यमी व्यवसायी, लगानीकर्ता, विकास साझेदारको सहभागिता रहेको यस कार्यक्रममा मन्त्री यादवले राजनीतिक परिवर्तनपछि नेपालमा लगानीको बाताबरण राम्रो बनेको भन्दै लगानीका लागि आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement