नेप्सेले आफ्ना सेयरधनीलाई ६६ प्रतिशत मुनाफा दिने

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साधारण सभाले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई ६६ दशमलव ६७ प्रतिशत मुनाफा दिने भएको छ । नेप्सेको ३७ औं साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।


नेप्सेका अनुसार गत आर्थिक वर्षमा ४९ करोड ६७ लाख रुपैयाँ आम्दानी भएको थियो । अघल्लो आवमा भने ६५ करोड २४ लाख रुपैयाँ आम्दानी नेप्सेले जनाएको छ । अघिल्लो आवाको तुलनामा गत आवमा नेप्सेको आम्दानी घटेको छ ।




Advertisement

Advertisement

Advertisement