'प्रणय दिवस'को दिन वर्षा र संजोगले लगनगाँठो कस्दै

Advertisement

काठमाडौं। लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएकाअभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाँधिने भएका छन्।

उनीहरुले आउँदो फेब्रुअरी १४ तारिखका दिन आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। उक्त  दिन भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस पनि पर्दछ।

केहिदिन अगाडी मुन्द्रेको कमेडी क्लबमा आउँदा बर्षाले  लगन जुरेको खण्डमा विवाह जहिले पनि हुन सक्ने कुरा बताएकी थिइन।  आफुहरुको विवाह हुने भन्ने कुरा वर्षा र संजोगले आफ्नो आधिकारिक इन्स्टाग्राम र फेसबुकमार्फत  विवाहको कार्ड नै सार्वजनिक गरेका छन्।



 

Advertisement

Advertisement

Advertisement