अण्डा शाहाकारी कि मांशहारी ? यस्तो छ वैज्ञानिकहरुको निष्कर्ष

Advertisement

एजेन्सी । अण्डा शाहाकारी कि मांशहारी भन्ने कुरामा धेरै जना अलमलमा हुनुहुन्छ ? आखिर अण्डा शाकाहारी हो कि मांशहारी ?

यस विषयमा मानिसहरुले लामो समयदेखि नै बहस गर्दै आएका छन् । तर वैज्ञानिकहरुले यस्तो तथ्य पत्ता लगाएका छन् कि जसले अण्डा मांशहारी कि शाकाहारी भन्ने बहसलाई अब अन्त्य गरिदिएको छ । । बजारमा पाइने धेरै अण्डाहरु बतासे गर्भाधान नभएका अण्डा हुन् । यस्ता अण्डाबाट चल्ला कोरलिँदैन । यसको अर्थ त्यस्ता अण्डाहरु विज्ञानको नजरमा शाकाहारी हुन् ।

अण्डामा तिनवटा प्रष्ट तह हुन्छन् । पहिलो बाहिरी बोक्रा, दोश्रो सेतो भाग र तेश्रो पहेँलो भाग । सेतो भाग प्रोटिनको निकै उत्कृष्ट श्रोत हो । त्यसमा प्राणीको कुनै हिस्सा नहुने भएकाले अण्डाको त्यो भाग पूर्णरुपमा शाकाहारी हो । पहेँलो भागमा प्रोटिनसँगै कोलेस्ट्रोल र फ्याट पनि पाइन्छ । जब कुनैपनि अण्डा पोथीमा भाले लागेर पारिएको वा गर्भाधान भएको हुन्छ तबमात्र त्यो अण्डा मांशहारी बन्दछ । अन्यथा अण्डाको पहेँलो भागपनि शाकाहारी नै हुन्छ ।

तपाइँ शाकाहारी हुनुहुन्छ भनेपनि तपाइँले नकोरेलिने बतासे अण्डा खान सक्नुहुन्छ । किनकि बतासे अण्डा शाकाहारी नै हुन्छ ।

Advertisement

Advertisement

Advertisement