एनआईसी एसियालाई चार अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने अनुमति

Advertisement

काठमाडौं। एनआईसी एसिया बैंकले १० वर्ष अवधिको लागि चार अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने  भएको छ। बैंकलाई उक्त  ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो। बैंकले यसअघि एक अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।

प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ । निष्काशन हुन लागेको ऋणपत्रमध्ये २० प्रतिशत ८० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले बार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा प्राप्त गर्न सक्नेछन्  ।

एनआईसी एसिया बैंक डिवेञ्चर २०८५/८६ को बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटलले गर्ने भएको छ । एनआईसी एसिया बैंकको यो दोस्रो ऋणपत्र हो ।

Advertisement

Advertisement

Advertisement