सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनाको बम्पर बिजेता मानबहादुर खत्रीले जिते रु. १२ लाख

Advertisement

काठमाडौं । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनामा जापानबाट पैसा पठाउने मानबहादुर खत्री विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाउने उनले गोलाप्रथाबाट १२ लाख रुपियाँ बम्बर उपहार जित्न सफल भएको कम्पनीले जनाएको छ ।

उनलाई सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस)ले गोलाप्रथाबाट विजेता घोषणा गरेका हुन् । यस उपहार योजना अबधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत एक हजार ८० जनाले दुई सय रुपियाँको मोबाइल टप अप, साप्ताहिकरुपमा ३६ जनाले १० हजार नगद र तीन जनाले एक लाख रुपियाँ नगद प्राप्त गरिसकेको जनाइएको छ ।

सिटी एक्सप्रेसले आफ्नो १२औं बार्षिकोत्सवको अवसरमा साथै दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस लखपति एक्सप्रेस योजना सञ्चालन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement