एनसीसी बैंकका ग्राहकलाई नर्भिक अस्पतालमा विशेष छुट

Advertisement

काठमाडौं । एनसीसी बैंक र नर्भिक इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र अस्पतालका तर्फवाट कार्यकारी सञ्चालक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका हुन् ।

बैंकका ग्राहकहरुले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement