केटीएमको नयाँ टीएनटी -१५० नेपाली बजारमा, बेनेलीको सबैभन्दा सस्तो

Advertisement

 

काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेलीको सबैभन्दा सस्तो बाइक 'टीएनटी' -१५० नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ मोडलको यो बाइकलाई दुई भेरियन्टमा सार्वजनिक गर्ने जनाएको छ ।

इटालीयन चर्चित बाइक बेनेली 'टीएनटी'-१५ किन्न चाहने ग्राहकले अबको केही दिनभित्रै यो बाइक किन्न सक्नेछ कम्पनीले जनाएको छ । सो बाइक आधिकारीक बिक्री भने यही जनवरीमा गर्ने केटीएम इन्टरनेशनलले जानकारी दिएको छ ।

मूल्यका हिसाबले सस्तो रहेको यो बाइक फिचरका हिसावले फुल लोडेड रहेको छ । बाइकमा अल डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ भने दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

नेपाली बजारमा 'टीएनटी'-१५ रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध हुने छ । यस बाइकको तौल १४० केजी रहेको छ ।

बेनेली 'टीएनटी'-१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२.०६ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५-स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।

यस बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यसको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

साथै, कम्पनीले 'टीएनटी'-१५० आईपनि सार्वजनिक गर्न लागेको छ । यी दुबै बाइकलाई एकै दिन सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ । १४९.५ सीसी क्षमताको यो बाइकले १४ बीएचपी पावर उत्पादन गर्छ । यसको नेपाली बजारमा मूल्य ३ लाख २० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement