न्यायपरिषदका पूर्व लेखापाल ढकाल विरुद्ध भ्रष्टाचारको मुद्दा

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायपरिषद्का तत्कालिन लेखापाल शिवहरि ढकाल विरुद्ध साढे २४ लाख बिगो माग गर्दे मुद्दा दायर गरेको छ।

न्यायपरिषद्मा रहँदा ढकालले २४ लाख ४६ हजार २१२ रुपियाँ बराबरको सरकारी रकम दुरुपयोग गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो।

ढकालले तलबी भरपाईको जोड जम्मामा फरक पारी खर्च लेखेको र आर्थिक वर्ष २०७२र०७३ को लेखापरीक्षण हुँदा लेखापरीक्षण प्रतिवेदनमा १६ लाख ४७ हजार ९६५ असुलउपर गरी राजस्व दाखिला भएको महालेखापरीक्षकको प्रतिवेदन प्राप्त भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

 

Advertisement

Advertisement

Advertisement