सेयर बजारमा सामान्य सुधार, जलविद्युतका लगानीकर्ताले गरे राम्रै कमाई

Advertisement

काठमाडौं । सेयर बजारमा बुधबार सामान्य सुधार आएको छ । सेयर बजार परिसुचक नेप्से आज चार दशमलव १५ अंकले बढेर एक हजार १७३ कायम भएको छ भने २४ करोड ७७ लाख रुपियाँको सेयर किनबेच भएको छ । यो कारोबार मंगलबारको भन्दा कम हो ।

आज उत्पादनमूलक र जीवन बीमाबाहेक बाँकी समूहका उपसुचकहरु सुधार भएको छ । सबैभन्दा बढि जलविद्युत समूहको उपसुचक दुई दशमलव ५५ प्रतिशतले बढेको छ । बाणिज्य बैंक समूहको उपसुचक शुन्य दशमलव १५ प्रतिशतले मात्रै सुधार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको तीन करोड ७७ लाख रुपियाँको सेयर किनबेच भएको छ भने नाफा धेरै गर्नेमा सानिमा इक्वीटी फण्डका लगानीकर्ता अगाडि छन् । घाटा धेरै खानेमा जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।

Advertisement

Advertisement

Advertisement