सातदोबाटो-नारायणगोपालचोक मेट्रो रेल बन्ने, डिपिआरका लागि ग्लोबल टेण्डर

Advertisement

काठमाडौं । सातदोबाटो- रत्नपार्क-नारायणगोपालचोक रुटमा मेट्रो रेल निर्माणका लागि रेल विभागले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का लागि ग्लोबल टेण्डर गरेको छ।

झन्डै १२ किलोमिटर लामो यस रुटको सम्भाव्यता अध्ययन एक कोरियन कम्पनीले सन् २०११ मै तयार पारेर रेल विभागलाई रिपार्ट बुझाएको थियो । सोही रिपोर्टका आधारमा मेट्रो रेल निर्माण गर्नका लागि डिपिआर तयार गर्न टेन्डर गरिएको बिभागले जनाएको छ ।

विभागले निकालेको ग्लोवल टेण्डर अनुसार इच्छुक कम्पनीले चैत ८ गतेसम्म दरखास्त दिन सक्नेछन् । त्यसपछि छनोट प्रक्रिया सुरु हुने छ । विभागका अनुसार आवेदन दिएका कम्पनीहरुको सटलिष्ट गरेर आर्थिक र प्राविधिक प्रस्तावका आधारमा उत्कृष्ट कम्पनीलाई डिपिआर निर्माणको जिम्मा दिइने छ ।

ठेक्का पाउने कम्पनीले १८ महिनामा डिपिआर तयार गर्ने र त्यसपछि निर्माणको प्रक्रियामा जाने तयारी रहेको विभागले जानकारी गराएको छ ।

यसै गरि धुलिखेल-नागढुङगा रुटको डिपिआर तयार पार्नका लागि लागानी बोर्डले कम्पनीहरुको सटलिष्ट गरेर मूल्यांकन गरिरहेको छ । उता च्रकपथमा मोनोरेलको अध्ययन गर्न काठमाडौं महानगरपालिकाले चिनियाँ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

Advertisement

Advertisement

Advertisement