महेश ढकाललाई ग्लोबल आइएमईको कामु सिइओको जिम्मेवारी

Advertisement

काठमाडौं। ग्लोबल आईएमई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेशकुमार ढकाललाई नियुक्त गरेको छ ।

यस अघिका प्रमुख कार्यकारी अधिकृत जनक शर्माले राजिनामा दिएपछि बैंकले तीन महिना अघिमात्र उप प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरेका ढकाललाई  कामु प्रमुख कार्यकारी अधिकृत बनाएको हो । केहि दिन अघि काम सन्तोषजनक नभएको भन्दै सञ्चालक समितिले सँग राजिनामा मागेको थियो।

तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ढकाल मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि तेस्रो स्थानमा थिए । लगत्तै उनी ग्लोबल आईएमई बैंकको उप प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका  ढकाल अर्को सिइओ नभेटीएसम्मका लागि बैंकको कामु सिइओ बनेका हुन् ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ढकाल टुरिजम डेभलपमेन्ट बैंक, मेगा बैंक हुँदै ग्लोबल बैंकमा भित्रिएका हुन् ।

Advertisement

Advertisement

Advertisement