ग्लोबल आइएमईको नाफा करिब २५ करोडले बढ्यो

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको अवधिमा खुद नाफा २४ करोड ९४ लाख बढेर एक अर्ब २२ करोड ९३ लाख पुगेको छ ।

बैंकले गत आवको सोहि अवधिमा ९७ करोड ९९ लाख खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको नाफा २५ दशमलव ४६ प्रतिशतले बढि देखिएको छ ।
बैंकले शुक्रबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड रिर्पोट अनुसार एक अर्ब २२ करोड ९३ लाख खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट १० करोड २३ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

रिर्पोट अनुसार बैंकले एक अर्ब १२ करोड ७० लाख रुपैयाँ वितरण योग्य नाफा गरेको उल्लेख छ । गत वर्ष यसै अवधिमा बैंकको फ्रि प्रोफिट ९१ करोड ५९ लाख रहेको थियो । समिक्षा अवधिमा बैंकले यस्तो नाफा २३ प्रतिशतले बढाएको हो ।

Advertisement

Advertisement

Advertisement