शिव श्री हाइड्रोपावरको आइपीओ भर्ने म्याद थपियो

Advertisement

काठमाडौं  । शिव श्री हाइड्रोपावरको आइपीओ नबिकेपछी कम्पनीले पुनः एक हप्ताका लागि आइपीओ भर्ने म्याद  थपेको छ।

कम्पनीले  पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई पुस २७ गते शुक्रबारदेखि माघ ११ गते सम्मकालागि १४ लाख ७६ हजार ४०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो । उक्त आइपीओमा पुरै आवेदन नपरेपछि कम्पनीले फेरी म्याद थप गरेको हो ।

यो आइपीओमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयले एक सय रुपियाँलाई अंकित मूल्य मानेर न्युनतम ५० देखि अधिकतम सात हजार तीन सय ८० कित्तासम्म भर्न सकिने कम्पनीले जनाएको छ।

स्थानीयले यस आइपीओमा अब माघ १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ  । लगानीकर्ताले सिन्धुपाल्चोक जिल्लामा रहेका सिन्धु विकास बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् ।

 

Advertisement

Advertisement

Advertisement