विक्री घटेपछि हिरोको ‘करिज्मा जेडएमआर’को उत्पादन बन्द हुँदै

Advertisement

काठमाडौं । हिरो मोटोकर्पले ‘करिज्मा जेडएमआर’को व्यापारमा घाटा व्यहोर्दै जान परेकाले यसको उत्पादन बन्द गर्ने तयारी गरेको छ । व्यापारमा गिरावट आएकै कारणले कम्पनीले करिज्मा जेडएमआरको उत्पादन घटाउँदै लगेको छ ।

भारतमा पछिल्लो ६ महिनामा उक्त मोटरसाइकलमात्रै ७२ युनिट बिक्री भएको कम्पनीले जनाएको छ । नेपाली बजारमा यो मोडेलको मोटरसाईकल आउन छाडिसकेको नेपाल जेनेरल मार्केटीङका कर्मचारीहरुले बताएका छन् ।

उनीहरुले करिज्माको नयाँ मोडल आउन छाडेकाले पुरानो स्टकमा रहेको २०१५ र २०१६ मोडलको बाइक मात्र विक्री गरिरहेको जानकारी गराए ।

यो मोटरसाइकलमा उपलब्ध २२३ सीसी सिङ्गल सिलिन्डर इन्जिनले ८ हजार आरपीएममा क्षमताको २० बीएचपी पावरकासाथै ६५ सय आरपीएममा १९.७ एनएम–टर्क उत्पादन गर्छ । यसमा १५.३ लिटर क्षमताको पेट्रोल ट्याङ्की रकखिएको छ भने यसको टपस्पीड क्षमता १२९ किलोमिटर प्रतिघन्टा रहेको छ ।

उक्त मोटरसाईकल गत डिसेम्बरमा ४ युनिटमात्र बिक्री भएको थियो । यो बाइक अक्टोवरमा एउटै युनिट बिक्री हुन नसकेको कम्पनीले जनाएको छ । यसको आधुनिक मोडल सीबीआरको जस्तो स्टाइल रहेको छ ।

कम्पनीले सो मोटरसाइकको तेस्रो जेनेरेशनलाई परिमार्जित संस्करणमा ल्याउने तयारी भने गरिहेको छ । नयाँ आउने घोषणाको कारण पनि करिज्मा जेडएमआरको ब्यापारमा ह्रास आएको कम्पनीले आशङ्का गरेको छ ।

Advertisement

Advertisement

Advertisement