नेपाल एसबिआई बैंकको दोस्रो त्रैमाससम्मको नाफा १ अर्ब नाघ्यो

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्टयाण्डर्ड (एनएफआरएस) रिपोट अनुसार आर्थिक वर्ष २०७५र७६ को दोस्रो त्रैमासमा १ अर्ब २ करोड २७ लाख रुपियाँ खुद मुनाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनाभन्दा १२ दशमलव ०२ प्रतिशतले बढि हो । बैंकले गत वर्षको सोहि अवधिमा मुनाफा ९१ करोड ३० लाख रुपैयाँ कमाएको थियो ।

बैंकको नाफा एनएफआरएस अनुसार१२ प्रतिशतले बढेको भए पनि नियामकीय समायोजन पछिको नाफामा भने १.१९ प्रतिशतले गिरावट आएको छ। राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टमा १२ करोड ५ लाख रुपियाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा घटेको हो। एनएफआरएस रिर्पोट अनुसार बैंकले ९० करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपियाँ पुर्र्याएको छ । गत वर्षको तुलनाभन्दा ५ प्रतिशतले वृद्धि गरेको हो । जसले जगेडाकोषमा ४ अर्ब ४७ करोड १८ लाख रुपियाँ छुटाएको छ । बैंकले निक्षेपमा ९७ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ संकलन गरी कर्जामा ९० अर्ब ९२ करोड ३७ लाख रुपियाँ लगानी गरेको छ । बैंकले निक्षेपमा १४ दशमलव ८७ प्रतिशतले वृद्धि गरेको छ भने कर्जामा २७ दशमलव ४४ प्रतिशतले वृद्धि गरेकोछ ।

बैंंकको खुद व्याज आम्दानी १६ दशमलव १३ प्रतिशतले बढेर २ अर्ब १८ करोड ८३ लाख रुपियाँ पुगेको छ भने सञ्चालन मुनाफा ९ दशमलव ०९ प्रतिशतले बढेर १ अर्ब ४२ करोड ८८ लाख रुपियाँ पुगेको छ ।

बैंकको प्रति सेयर आम्दानीमा २४ दशमलव २१ रुपियाँ, मुल्य आम्दानीेको अनुपात १६ दशमलव ०७ गुणा, प्रति सेयर नेटवर्थ १५२ दशमलव ९३ रुपियाँ, तरलता अनुपात २१ दशमलव ९६ प्रतिशत रहेको छ ।

जसको निष्कृय कर्जा शुन्य दशमलव १९ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ८० प्रतिशत, आधार व्याजदर ९ दशमलव ८२ प्रतिशत र कोषको लागत ५ दशमलव ९१ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement