एनआइसी एसियाको नयाँ शाखा झापाको दमक चोकमा

Advertisement

झापा । एनआइसी एसिया बैंकको नयाँ शाखा झापाको दमक चोकमा स्थापना भएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले आइतबार एक कार्यक्रमबीच यस शाखाको उदघाटन गरे ।

यस शाखाको स्थापनासँगै यहाँका स्थानीय जनता, व्यवसायी, संघसंस्थाहरुले सहज बैंकिङ सुविधा पाउने शाखा प्रवन्धक भानुभक्त आचार्यले बताए । मुलुककै ठूलो शाखा सञ्जाल रहेको एनआइसी एसियाको हालसम्म २७३ शाखाहरु पुगिसकेको छ ।

त्यसबाहेक बैंकको २८९ वटा एटीएम, ३७ वटा एक्सटेन्शन काउन्टर, २२ वटा शाखारहित बैंकिङ सेवा रहेका छन् । आफ्ना ग्राहक अहिलेसम्म १४ लाख ५० हजार नाघेको एनआइसी एसियाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement