नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा एक अर्ब ९७ करोड बढी

Advertisement

काठमाडौं।  नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको अवधिमा  व्यवसायको आकार ७ दशमलव ९२ प्रतिशतले  बढाएर  एक अर्ब ९७ करोड ५५ लाख खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको सोहि अवधिको तुलनामा बैंकको नाफा साढे १४ करोड रुपियाँ बढी हो ।

बैंकको निक्षेप संकलन एक खर्ब ४२ अर्ब १० करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिसम्ममा बैंकले एक खर्ब २९ अर्ब ८४ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।  बैंकले खुद ब्याज आम्दानीबाटै तीन अर्ब ३१ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकले ७ अर्ब ६० करोड ७८ लाख ब्याज आम्दानी गरेर ४ अर्ब २९ करोड ४६ लाख ब्याज खर्च गरेको हो ।

बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको रकम ११ अर्ब ९७ करोड रुपैयाँ ७५ लाख कायम हुँदा शेयरधनी कोष करिब २५ अर्ब पुगेको हो।

बैंकको खराब कर्जा अनुपात २ दशमलव ०४ प्रतिशत  रहेको छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ९९ पैसामा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ १३ पैसा रहेको छ ।

 

Advertisement

Advertisement

Advertisement