गरिमा विकास बैंकले ल्यायो विदेशी मुद्राको खरिद बिक्री सेवा

Advertisement

काठमाडौं । गरिमाविकास बैंक लिमिटेडले बैदेशिक मुद्राको कारोबार सुरुवात गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विकास बैंकको शाखा कार्यालय लाजिम्पाटबाट यो सेवाको शुभारम्भ गरेका हुन् ।

यस सुविधा अन्र्तगत विकास बैंकका ग्राहकहरुले परिवत्र्य विदेशी मुद्राहरु खरिद, बिक्री र पासपोर्टबापतको सटही सुविधा प्राप्त गर्ने व्यहोरा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा रहेको बैंकले जनाएको छ । विकास बैंकले निकट भविष्यमा पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरलगायतका ठाउँमा शाखा कार्यालय खोल्ने भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा २६ अर्ब ९८ करोड रुपियाँ निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड रुपियाँ कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गत बर्षको तुलनामा नाफामा ५४.८१ प्रतिशतले बृद्धि गरी ४३ करोड ९३ लाख रुपियाँ सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement