‘डा. केसी नभएको भए काँग्रेस कम्युनिष्टले स्वास्थ्य क्षेत्र ध्वस्त पार्थे’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका युवा नेता प्रदीप पौडेलले डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले कुनै चासो नदेखाएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवमा शुक्रबार उनले भने, ‘डाक्टर केसी जनताको माग लिएर अडिग भएर लड्नुभएको छ । उहाँको जीवन रक्षा हुनुपर्छ । तर, सरकारले यसमा कुनै चासो राखेको छैन् ।’

नेता पौडेलले वर्तमान सरकारले लोकतन्त्र सुहाउँदो व्यवहार नगरेको पनि आरोप लगाए । उनले भने, ‘सरकारले डाक्टर केसीसँग गरेको सम्झौताको मूल विषय तोडमोड गरेर विद्येयक ल्याएको छ ।’

उनले डाक्टर केसीले समयमै आँखा नखोलिदिएको भए स्वास्थ्य शिक्षामा रहेको समस्या र विकृतिबारे कुनै पनि दलले यो काम गर्न नसक्ने पौडेलको भनाई थियो । उनले भने, ‘यसमा लजाउनुपर्ने कुनै कारण र विषय छैन् । स्वास्थ्य शिक्षा सुधारको लागि कांग्रेस वा कम्युनिष्ट नाथे हुन, तर गोविन्द केसी सबथोक हुन् ।’

उनले गोविन्द केसीलाई कसैले पनि अवमूल्यन गर्न नहुने धारणा राखे । पौडेलले माथेमा आयोगको प्रवितेदन हुवहु लागु गर्नुपर्ने पनि जिकिर गरे । उनले डाक्टर केसीलाई अनशन बसाउन लगाउने कांग्रेस नै हो र अब यसको अवतरण पनि कांग्रेसले नै गर्नुपर्छ भनेर नेपाल सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भनेको कुराको खण्डन गरे ।

पौडेलले भने, ‘सरकार हिजो सरकारमा हुँदा डा. केसी ७ पटक अनशन बस्नुभएको छ । उहाँलाई कसरी कांग्रेसले अनशन बस्न लगायो ? यो गलत आरोप हो ।’ उनले आरोपै लगाउने हो भने डाक्टर केसीलाई प्रधानमन्त्री र सञ्चारमन्त्रीले मार्न चाहानुभएको छ भनेर आफूहरुले पनि आरोप लगाउन सक्ने तर्क गरे ।

Advertisement

Advertisement

Advertisement