'गुप्त'को आइटम गीतमा सुष्माको 'बोल्ड'अवतार हेर्नुहोस् (भिडियोसहित)

Advertisement



काठमाडौं। प्रदर्शन मिति तय नभइसकेको फिल्म ‘गुप्त’ निर्माण टिमले पहिलो चल प्रचार सामाग्री स्वरुप आइटम गीत रिलिज गरेको छ ।

'ब्याक टू ब्याक' आफू अभिनीत फिल्म असफल भएपछि फिल्मी दुनियाँबाट दूरी बढाएकी अभिनेत्री सुष्मा कार्की फिल्म ‘गुप्त’ को एक आइटम गीतमा आफ्नो धमाकेदार प्रस्तिती दिएकि छन् । यसमा उनलाई बोल्ड अवतारमा देख्न सकिन्छ। 'म आँख मारिदिन्छु' बोलको गीतमा सुष्मालाई बोल्ड अवतारमा देख्न सकिन्छ ।

दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले संयुक्त निर्माण गरेका फिल्ममा शक्ति प्रज्वल घिमिरेको सम्पादन र राज रोय र भोजराज घिमिरेले संयुक्त निर्देशन रहेको छ ।

गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले छायांकन गरेका छन् । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । ‘गुप्त’ मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारीलगायतको अभिनय छ ।




[embed]https://www.youtube.com/watch?v=KaeqiDNQeno[/embed]



Advertisement

Advertisement

Advertisement