तारकेश्वरमा २१ प्रतिशत पुन:निर्माण सम्पन्न

Advertisement

काठमाडौँ । भूकम्प गएको साढे तीनवर्ष वितिसक्दा तारकेश्वर नगरपालिकामा हालसम्म २१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पबाट पूर्ण क्षति भएका नगरपालिकाका ६ हजार १९६ घरमध्ये एक हजार ३०५ ले तेस्रो किस्ताको रकम बुझेको नगर उपप्रमुख भवानी डोटेलले बताए ।

नगरपालिकाको भित्री बस्तीमा थोरै क्षेत्रफल भएका घर, बहुस्वामित्वका घर, क्षतिग्रस्त घर भत्काउँदासँगै रहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएका कारण निजी आवास पुनःनिर्माणअघि बढ्न नसकेको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर शशी गुरुङ्ले जानकारी दिए ।

नगरपालिकामा पहिलो किस्ता लिने लाभग्राही पाँच हजार ६२ र दोस्रो किस्ता लिने एक हजार ६७६ रहेको छ । त्यस्तै गुनासो सम्बोधनको सङ्ख्या ६९६ र सम्झौता भएको सङ्ख्या एक हजार ५२४ रहेको छ ।

Advertisement

Advertisement

Advertisement