नेपाली मायालाई विदेशी फुल

Advertisement

काठमाडौं । कमलादीकी मिना तामाङ्ले फुल व्यवसाय सुरू गरेको करिब २२ वर्ष भइसक्यो । यो समय खण्डमा उनले लाखौको संख्यामा फुल बेचिन् अझ भ्यालेन्टाइन विकमा करिब एक सातामा हुने बिक्री एकै दिनमा भएको अनुभव पनि उनीसँग छ । नेपालीले मनाउने गरेको प्रणय दिवस वा भ्यालेन्टाइन डेमा प्रयोग हुने फुल भने विदेशी हुने गरेका छन् ।

के गर्नु नेपाली उत्पादन कम भएकाले पनि नेपाली मायालाइ विदेशी फुल दिइरहनु परेको छ, अनुहारमा मधुर मुस्कान सहित उनले भनिन् ।
हिजो (रोज डेमा) मात्रै मैले ५०० स्टिम गुलाफ बेचें, अरू बेला (भ्यालेन्टाइन विक बाहेक) दैनिक सरदर २०० वटा मात्रै बेच्थें तर अहिले भने बढेकोे छ, उनले भनिन् । भण्डारको समस्या र चिसो भएकाले हरेक वर्षजसो नेपाली गुलाफ प्रणय सप्ताहमा बजारबाट हराउने गर्छन् वा फेला पार्नै मुस्किल हुन्छ ।

भौगोलिकताका कारण सृजना भएका यस समस्याको फाइदा भने छिमेकी राष्ट्र भारतलाइ भइरहेको छ । यो वर्षको प्रणय दिवसको लागि मात्रै भारतबाट करिब डेढ करोडको गुलाफ अयात भइसकेको छ । नेपालमा पुस, माघ र फागुनलाइ रेष्ट पिरियड वा अराम गर्ने समयको रूपमा लिइन्छ ।

पुसदेखि फागुनको महिनालाइ गुलाफले अराम गर्ने समय मानिन्छ, यो समयमा अधिक चिसो हुने भएकाले गुलाफ फुल्दैन । हामीसँग पर्याप्त प्रविधि पनि छैनन् जसका कारण न्यानो चाहिने गुलाफलाइ तातो पुग्दैन, फ्लोरिकल्चर एसोसियन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । भ्यालेन्टाइन सप्ताहको लागि मात्रै यो वर्ष करिब २ लाख स्टिम गुलाफ नेपाल अयात भएको उनीहरूको तथ्याङ्क छ ।

नेपालमा मात्रै करिब २० हजार स्टिम गुलाफ उत्पादन हुन्छन् तर त्यो पर्याप्त हुन्न । भारतबाट मात्रै व्यवसायिहरूले करिब डेढ लाख स्टिक गुलाफ ल्याएका छन् जसको मुल्य करिब १ करोड ५० लाख हुन्छ ।

यो वर्षको भ्यालेन्टाइनको लागि करिब ५० हजार गुलाफ मात्रै बजारमा छन् । जसका लागि नेपाली मायालुले मायाको लागि भनेर विदेशी फुल किन्नुपर्छ जुन उनीहरूको रोइभन्दा विलकुल फरक हुन्छ र निकै सानो पनि ।
'यो गुलाफ हेर्नु त यो कस्तो राम्रो फक्रिएको छ र मिठो बास्ना पनि अउँछ' तर यो विदेशबाट, भारतको नयाँ दिल्ली र बैंग्लरबाट अएको गुलाफ सानो र निकै कम बास्ना अउने खालको छ । यहाँ अउने हाम्रा ग्राहकले नेपाली गुलाफ नै मन पराउँछन्, तामाङ्कको अनुभव छ ।

सरकारी उदासिनताका कारण निराश व्यवसायी

सरकारले जे कुरा पनि फास्ट चाहन्छ । सरकारले एक वर्ष अघि मात्रै पनि कृषि विशेष गरि फुल व्यवसायीलाइ भनेर योजना ल्यायो तर नतिजा नअएको भन्दै सरकारले त्यो योजनालाई प्राथमिकतामा राखेको छैन, यसले गर्दा नेपाली कृषकको मनेबल गिरेको छ,फ्लोरीकल्चर एसोसियन अफ नेपालका अध्यक्ष श्रेष्ठको दाबी छ । गुणस्तरमा पनि सम्झैता गर्नुपर्ने र मुल्यमा पनि नेपाली उत्पादन भन्दा बढी तिर्नुपर्ने कारणले नेपाली क्रेताहरू विदेशी फुल खरिद गर्नुपर्ने बाध्यतामा छन् ।

नेपाली किसानहरूले अफ्नो लागत उठाउन सकिरहेका छैनन, सरकारले नेपालमा हुने उत्पादन र विदेशबाट कति अयात भइरहेको छ भन्ने यकिन तथ्याङ्क राखिरहेको छैन, मुल्याङ्कन नै भएको छैन । सरकारले विदेशबाट हुने अयातलाइ बढी कर लगाएर वा प्रोसाहनको कुनै योजना ल्याएमा नेपालबाट जाने रकम नेपालमै राख्न सकिन्छ, श्रेष्ठको तर्क छ ।

अहिले बजारमा पाइने गुलाफको मुल्य ५० देखि एक सय रुपियाँ पर्छ ।

Advertisement

Advertisement

Advertisement