राष्ट्रिय भलिबल फागुन दुई गतेदेखि

Advertisement

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १११ रुपियाँ र दोस्रो हुनेले ५१ हजार १०१ रुपियाँ र तृतीय हुनेले २५ हजार १०१
रुपियाँसहित शिल्ड र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि राष्ट्रिय भलिबल सङ्घसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए।

प्रथम अध्यक्षकप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता नाम दिइएको प्रतियोगीको मुख्य आयोजक प्रतापपुर गाउँपालिका रहेको छ ।

Advertisement

Advertisement

Advertisement