साल्ट ट्रेडिङले ‘फेब्रुअरी’लाई ‘आयोडिन मन्थ’को रुपमा मनाउने

Advertisement

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले अँग्रेजी महिना फेब्रुअरीलाई आयोडिन मन्थको रुपमा मनाउने भएको छ । आयोडिनको कमीले हुने समस्याहरु र नूनको प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस महिनालाई सरकारले ‘आयोडिन मन्थ’को रुपमा मनाउने भएको हो ।

नेपाल यूनिभर्सल साल्ट आयोडाइजेसन (यूएसआई)को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन १९९८ देखि फेबुअवरी महिनालाई आयोडिन मन्थ घोषणा गरी महिनाभरी विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको कम्पनीले यो वर्ष पनि निरन्तरता दिन लागेको हो ।

अभियानको क्रममा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको झोला टी–सर्ट, पम्प्लेट जस्ता सामग्री वितरण गर्न साल्टले टोली समेत खटाउने जनाएको छ । साथै, कम्पनीले उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गरेको हो ।

यस कार्यक्रमबाट आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीको सम्बन्धमा आम जनसमुदायलाई जानकारी दिने कम्पनीले जनाएको हो ।
सरकारले सन् २०१८ सम्ममा ९० प्रतिशत पुर्याउने लक्ष्य लिइएकोमा २०१६ मै ९४५ प्रतिशत पुगेको थियो ।

Advertisement

Advertisement

Advertisement