टेलिकमको नाफा १५.२५ प्रतिशतले घट्यो, प्रति शेयर आम्दानीमा १५ रुपियाँ २२ पैसाको गिरावट

Advertisement

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (एनटीसीले) चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा एक अर्ब १४ करोड १३ लाख रुपियाँ अर्थात १५।२५ प्रतिशतले घटेको छ । गतवर्षको दोस्रो त्रैमासमा नेपाल दुरसञ्चारले ७ अर्ब ४८ करोड २८ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

टेलिकमले गतवर्षको दोस्रो त्रैमासमा नेपाल दुरसञ्चारले ७ अर्ब ४८ करोड २८ लाख रुपियाँ खुद नाफा कमाएको थियो । यस त्रैमासमा ६ अर्ब ३८ करोड १४ लाख रुपियाँ खुद नाफा कमाएको छ कम्पनीले जनाएको छ

यस त्रैमासमा १८ अर्ब ४४ करोड ४१ लाख रुपियाँ सेवा बिक्रीमार्फत आम्दानी गरेको छ । यो गतवर्षको तुलनामा एक अर्ब २६ करोड २२ लाख कम हो । गतवर्ष कम्पनीले १९ अर्ब ७० करोड ६४ लाख रुपियाँ सेवा बिक्रीबाट आम्दानी गरेको थियो ।
कम्पनीको सेवा बिक्री बापतको आम्दानी घटेपछि नाफा घटेको देखिन्छ । यो गतवर्षको तुलनामा एक अर्ब २६ करोड २२ लाख कम हो । गतवर्ष कम्पनीले १९ अर्ब ७० करोड ६४ लाख रुपियाँ सेवा बिक्रीबाट आम्दानी गरेको थियो ।

टेलिकमले यस अवधिमा २१ अर्ब ७१ करोड २४ लाख रुपियाँ कूल आम्दानी गरेको छ । गतवर्ष कम्पनीले २२ अर्ब ३६ करोड ६९ लाख रुपियाँ कूल आम्दानी गरेको थियो । समीक्षा अवधिसम्ममा टेलिकमले १२ अर्ब ६० करोड ९७ लाख रुपियाँ खर्च गरेको छ । गतवर्षको तुलनामा २६ करोड ६४ लाख रुपियाँले खर्च बढेको छ । गतवर्षको यसै अवधिमा कम्पनीले १२ अर्ब ३४ करोड ३२ लाख रुपियाँ खर्च गरेको थियो ।

चुक्ता पूँजी १५ अर्ब रुपियाँ रहेको कम्पनीको जगेडा कोषमा ९० अर्ब ९९ करोड ९९ लाख रुपियाँ जम्मा भएको छ ।

कम्पनीको आम्दानीमा गिरावट आउँदा प्रति शेयर आम्दानी १५ रुपियाँ २२ पैसाले घटेको देखिन्छ । टेलिकमको प्रति शेयर आम्दानी ८४ रुपियाँ ५५ पैसा छ । गतबर्ष कम्पनीको प्रतिसेयर आम्दानी ९९रुपियाँ ७७ पैसा थियो । कम्पनीको प्रति शेयर नेटवर्थ ७०६ रुपियाँ ६७ रुपियाँ छ भने मूल्य आम्दानी अनुपात ८.७५ गुणा बढी रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement